प्रतितोला एक सयले घट्यो सुनको मूल्य

Gold 1

काठमाडौं । साताको तेस्रो दिन आज (मंगलबार) छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्यमा पनि आज १५ रुपैयाँले घटेर १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...