पछिल्लो २४ घण्टामा ३ सय ३२ जनामा कोरोना पुष्टि, २ सय ३२ जना निको

Corona test

काठमाडौँ । पछिल्लो २४ घण्टामा तीन सय ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार नौ सय २० जनाको नमुना परीक्षण गर्दा तीन सय ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख २० हजार चार जना र एन्टिजेन विधिबाट ९५ हजार तीन सय ९७ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गर्ने विवरणमा एन्टिजेनबाट सङ्क्रमण पुष्टि भएको विवरण छुट्टै सार्वजनिक गरे पनि उनीहरू निको भएको विवरण भने सार्वजनिक गरेको छैन ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ३२ जना सङ्क्रमणमुक्त भएका छन् । योसहित कोरोनाबाट निको हुनेको सङ्ख्या आठ लाख एक हजार एक सय २२ जना पुगेको छ ।

यही अवधिमा थप चार जनासहित नेपालमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणका कारण ११ हजार पाँच सय १३ जनाले ज्यान गुमाएका छन् ।

अहिले नेपालमा सात हजार तीन सय ६९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा एक लाख ४७ हजार दुई सय ६२ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटा कांग्रेसको नेतृत्व दिनेश राईको पोल्टामा, पौडेल पक्ष धनकुटामा निरीह सावित

Dinesh rai dkt

धनकुटा । लामो समयको रस्साकस्सीपछि नेपाली कांग्रेस धनकुटाको सभापतिमा दिनेश राईले बाजी मारेका छन् ।...