सुनको मूल्य आज पनि घट्यो, आज तोलामा ५ सय रुपैयाँ सस्तो

Gold 1

काठमाडौँ । सुनको मूल्य आज पनि घटेको छ ।  प्रतितोला ५ सय रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको  मूल्य तोलामा ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अहिले सुनको मूल्य घट्नु र बढ्नुको खास कारण छैन । तर, पनि मूल्यमा उतारचढाव आइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलामा १२ सय ५५ रुपैयाँ रहेको चाँदी आज १२ सय २५ रुपैयाँमा कारोबार भइको छ । हरेक दिन बिहान १० बजेको अन्तर्राष्ट्रिय मूल्य अनुसार नेपाली बजारमा पनि सुनचाँदीको मूल्य निर्धारण हुने गरेको छ । 

 

प्रतिकृया दिनुहोस