पछिल्लो २४ घण्टामा २९५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

Corona 1596087688 1597680755

काठमाडौं । देशभर थप २ सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ८ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २६० तथा एन्टिजेन विधिबाट ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो । हाल देशभर ७ हजार २७८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ४७८ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ९७ हजार ९२६ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।

त्यस्तै, कोरोना सङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ । हालसम्म देशमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४७१ को पुगेको छ । देशभर थप ३४ हजार ७१६ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...