खुल्यो रेडियो नेपालमा स्थायी रोजगारी, यस्तो छ सुचना

Radio nepal 1

काठमाडौं । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । विभिन्न पदमा स्थायी पदपूर्ति गर्नका लागि लोकसेवा आयोगको सहमतिमा रेडियो नेपालले दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले शुक्रबारदेखि २१ दिनभित्र वा दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।

दरखास्त फाराम र पाठ्यक्रम रेडियो नेपालको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ भने कर्मचारी छनौट खुला प्रतियोगितात्मक परीक्षाद्वारा गरिनेछ ।

दरखास्त आह्वान भएकामा इन्जिनियर, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कार्यक्रम अधिकृत, गायन–बाद्य संयोजक, सम्पादक (नेपाली), संवाददाता, प्रधान सहायक, लेखापाल, समाचार बाचक नेपाली, कार्यालय सहायक, लेखापाल, प्राविधिक सहायक, कार्यक्रम सहायक जस्ता पद रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...