८० अङ्कले घट्यो शेयर बजार, ६ अर्ब ५२ करोड रुपैयाँको कारोबार

Share market ghaty0

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार झन्डै ८० अङ्कले घटेको छ । नेप्से आज ७९ दशमलव ७९ अङ्कले घटेर दुई हजार सात सय ४९ दशमलव ८५ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेको छ । बैंकिङ क्षेत्रको शेयर ३५ अङ्कले, होटलको एक सय १७, विकास बैंकको दुई सय ९७, हाइड्रोपावरको एक सय एक र फाइनान्स समूहको शेयर एक सय ४४ अङ्कले घटेको छ । यस्तै निर्जीवन बीमा समूहको शेयर ४ सय ६४ अङ्कले, माइक्रोफाइनान्सको एक सय ५७ र जीवन बीमा समूहको शेयर तीन सय ७९ अङ्कले घटेको छ । 

आज दुई सय २५ कम्पनीका एक करोड १९ लाख कित्ता शेयर ६ अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको २९ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भयो । 

आज आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि मानुषी लघुवित्त, साहस ऊर्जा र तेह्रथुम पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।  

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...