सेक्सका बेला हुन सक्छ हृदयघात, यी महिलाले सुनाइन् यस्ताे अनुभव

Sexy 21

काठमाडौं । कतिपय अध्ययनले सेक्सले हाम्रो शरीरका धेरै नै फाइदा पुर्याएको दाबी गर्ने गरिन्छ । तर, के तपाईंलाई थाहा छ यसले मानिसको जीवनलाई खतरामा पनि पार्न सक्छ भन्ने ? एक महिलाले अनलाइन वेभसाइट रेडिटमा एक रातको शारीरिक क्रियाकलापका कारण अचानक भएको हृदयघात सम्बन्धी गतिविधिको बारेमा बताएकी छन् ।

उनले भनेकी छन्, ‘केही दिन पहिले म आफ्नो एक साथीको विवाहमा गएकी थिएँ । त्यहाँ मेरो भेट एक व्यक्तिसँग भयो । हुनत हामी एकअर्कालाई करीब एक वर्षदेखि जान्दथ्यौं । विवाहमा हामीले जमेर नाच्यौं पनि । हामीले धित मरुन्जेल गफ पनि गर्यौ । भोज सकिएपछि म उसका साथ लागेर एक होटलमा आएँ । हामीबीच शारीरिक सम्बन्ध पनि भयो ।’

उनले अगाडि भनिन्, ‘सेक्सको बेला मलाई मेरो छातीमा अचानक दुख्न थाल्यो । मेरो मुटु तीब्र रुपमा धड्किन थाल्यो । टाउको फुट्ला झैं भयो । सास लिन समस्या भइरहेको थियो । मलाई यस्तो पहिले कहिल्यै भएको थिएन । मलाई विश्वास भइरहेको थिएन कि मलाई हृदयघात हुन गइरहेको छ । फेरि मलाई मैले लिइरहेको औषधीको ख्याल आयो । कतै त्यसले पो हृदय सम्बन्धी समस्या निम्त्याएको होइन । मैले गएको अगस्टमा आफ्नो हृदयको गति नाप्नका लागि इसीजी पनि गराएकी थिएँ । तर त्यतिखेर मेरो स्थिति ठीक थियो ।’

उनको यस्तो हालत देखेर उनका सेक्स पार्टनर अतालिएनन् बरु एक समझदार व्यक्ति बनी उनको प्राथमिक उपचारका निम्ति खटिए । उनले ती महिला कम्मरमा हातले रगडे । यसबाट उनलाई केही राहत मिल्यो । बिहान दुबै बिदा भए ।

महिला सोझै चिकित्सक कहाँ गइन् । चिकित्सकले जाँचे पछि उनलाई चाँडै नै कुनै कार्डियोलोजिस्टसँग जचाउन भने । उनले मुटु रोग विशेषज्ञसँग जचाइन् र ती विशेषज्ञले उनलाई यौन सम्पर्कका समयमा भएको यसप्रकारको घटनाले ज्यान जाने खतरा भएको बताए । एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस