पछिल्लो २४ घण्टामा १४३ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

Corona 12

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

काठमाडौँमा ८०, भक्तपुरमा ३ र ललितपुरमा ३६ जना संक्रमित थपिएका छन्। यस्तै, पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ४८ पुगेको छ। आइतबार ५६३ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशभर ७ हजार ७१३ सक्रिय संक्रमित छन्।

प्रतिकृया दिनुहोस