पछिल्लो २४ घण्टामा थप ४४७ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

Corona 12

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ४ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९१३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ५७७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ९५ जना र ३ हजार ३३६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ०८ हजार ५५४ पुगेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ सय ३९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ९१३ जनाको परीक्षण हुँदा हालसम्म कुल ५१ लाख १३ हजार ७५८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४३४ पुगेको छ ।

प्रतिकृया दिनुहोस