राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीले गरे ३ वर्षे सम्झौतामा हस्ताक्षर 

Abdullaha

काठमाडौं । नेपााली राष्ट्रिय फूटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग तीन वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यो सम्झौतापछि अब उनी सन् २०२४ सम्म नेपाली राष्ट्रिय फूटबल टिमको मुख्य प्रशिक्षक रहने छन् । १ नोभेम्बरबाट शुरु भएको नयाँ सम्झौता २०२४ को अन्त्यसम्म कायम रहनेछ ।

माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनल खेल्नुअघि अल्मुताइरीले नेपाल छाड्ने घोषणा गरेका थिए ।

तर अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले कतार पुगेर भेट्नुका साथै कतार फूटबल एशोसिएशनसँग छलफल गरेपछि मुख्य प्रशिक्षक अल्मुताइरी नेपाल फर्कन तयार भएका हुन् ।

दशरथ रंगशालामा भएको कार्यक्रममा अल्मुताइरीले मिलेर फूटबल विकासमा काम गर्न चाहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...