पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा विद्यार्थी संगठनको प्रदर्शन

Mulybirdi birod

काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले विरोध प्रदर्शन गरेको छ ।

टेकुस्थित नेपाल आयल निगमको कार्यालयअगाडि अखिल (क्रान्तिकारी) ले आइतबार विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्ने बताए ।

उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकार र आयल निगमले जनताको पसिना लुट्नलाई गरेको भन्दै तत्काल निर्णय फिर्ता नलिए आयल निगमका अधिकारीहरुलाई कालोमोसो दल्न पछि नपर्ने चेतावनी दिए ।

आयल निगमले शुक्रबार राति प्रतिलिटर ३ रुपैयाँका दरले पेट्रोलको मूल्यवृद्धि गरेको थियो । त्यसैको विरोधमा ६ विद्यार्थी संगठनले निर्णय फिर्ता नलिए देशभर आन्दोलन गर्ने घोषणा गरेका छन् ।

प्रतिकृया दिनुहोस