फाइजरको खोप ५ देखि ११ वर्षका बालबालिकालाई दिन अमेरिकाको अनुमति

Pfizer corona khop

काठमाडौँ । अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले फाइजर र बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन अनुमति दिएको छ।

अमेरिकामा १२ वर्षभन्दा कम उमेर समूहका बालबालिकाका लागि पहिलोपटक कोरोना खोपलाई अनुमति दिइएको हो। यसअघि एफडीएका विशेषज्ञहरुले यो खोपलाई अनुमति दिन सिफारिस गरेका थिए।

शुक्रबार फाइजरको खोपले बालबालिकामा लगाउन अनुमति पाएसँगै दुई करोड ८० लाख अमेरिकी बालबालिका यसबाट लाभान्वित हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।

पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकामा यो खोप ९० प्रतिशत प्रभावकारी देखिएको फाइजरले बताएको छ।

एफडीएका अधिकारीहरुले बालबालिकालाई पनि खोप लगाउनाले छिटै नै अमेरिका सामान्य अवस्थामा फर्किन सक्ने बताएका छन्।

चीन, क्युबा र यूएईले यसअघि नै बालबालिकाको लागि कोरोना खोप लगाउने अनुमति दिइसकेका छन्। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...