घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?  

Gold 1

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ कायम भएकोमा आज ४०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो ।

छापावाल सुन प्रति १० ग्राम ७८ हजार ८७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार चार सय ४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

आज चाँदीको मूल्यमा ५ रुपैयाँले घटेर प्रतितोला १२४५ रुपैयाँ कायम भएको छ । हिजो बिहीबार चाँदीको मूल्य प्रतितोला १२५० रुपैयाँ कायम भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य प्रति १० ग्राम १०६७ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस