पछिल्लो २४ घण्टामा ५१९ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

Corona 1596087688 1597680755

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८४८ जनाको पीसीआर परीक्षणमा ५२७ र २ हजार ५०७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ६६४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९७ दशमलब ३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै १० वर्ष मुनिका ७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४१ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा १५७ जना, भक्तपुरमा १२ जना र ललितपुरमा ३० जना कोरोना संक्रमित थपिएका हुन् ।

 

प्रतिकृया दिनुहोस