चीनबाट आइपुग्यो थप १० लाख २० हजार डोज भेरोसेल खोप 

China vaccine

काठमाडौँ । चीनबाट १० लाख २० हजार डोज कोभिडविरुद्धको खोप भेरोसेल नेपाल आइपुगेको छ । कोभ्याक्ससँगको कस्ट९सेयरिङमा सरकारले खरिद गरेको कोभिडविरुद्धको खोप बुधबार बिहान नेपाल आइपुगेको हो ।

चाइना साउदर्न विमानको कार्गो फ्लाइट खोप लिएर पौने १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो। नेपालले कोभ्याक्स कस्ट सेयरिङ अन्तरगत चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौता गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बताए । सोही सम्झौताको पहिलो खेप आज आएको उनले बताए ।

खोप टेकुस्थित खोप भण्डारण केन्द्रमा राखिएको छ । आवश्यकता अनुसार वितरण गर्ने योजना रहेको विभागका आपूर्ति व्यवस्था शाखाका प्रमुख उपेन्द्र ढुंगानाले बताए ।

  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...