नेप्सेमा उछाल : ८७ दशमलव ६३ अंकले वृद्धि, ४ अर्ब बढीको कारोबार

Share increase

काठमाडौं । हप्ताको दोश्रो दिन आज सोमबार शेयर बजार परिसूचक नेप्से वृद्धि भएको छ । आज नेप्से ३ दशमलव ३९ प्रतिशत अर्थात ८७ दशमलव ६३ अंक बढेको छ ।

आज ८३ लाख ९५ हजार ८६४ कित्ता शेयरको ५३ हजार ७९२ पटकमा रू.४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५७५ बराबरको शेयर खरीदविक्री भएको तथ्यांकले जनाएको छ ।

आज सबैभन्दा बढी वित्त समूह ,हाइड्रोपावर समूह र विकास बैंक समूहका लगानीकर्ताले कमाएका छन् । सोही कारण वित्त समूहको परिसूचक सबैभन्दा बढी ७ दशमलव ८१ प्रतिशत, हाइड्रोपावर समूहको ७ दशमलव ५७ प्रतिशत र विकास बैंक समूहको परिसूचक ६ दशमलव ५१ प्रतिशतले बढेको छ । 

सर्वाधिक शेयर खरीदविक्री महालक्ष्मी विकास बैंकको भएको छ । उक्त कम्पनीको रू.१६ करोड २५ लाख २३ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिकृया दिनुहोस