काठमाडौँ आइपुग्यो अमेरिकाले उपलब्ध गराएको एकलाख फाइजर खोप  

Fizer khop

काठमाडौँ । अमेरिकाले उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको फाइजर खोपको एक लाख बढी मात्रा खोप नेपाल आइपुगेको छ।

कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मार्फत अमेरिकाले अनुदानमा दिएको फाइजर खोप सोमबार बिहान कतार एअरवेजको विमानमार्फत् काठमाडौँ आइपुगेको हो।

फाइजर खोप नेपालमा पहिलोपटक आएको हो। यसअघि एस्ट्राजेनेका–कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप नेपालमा लगाइएको थियो।

दुई मात्रा लगाउनुपर्ने फाइजर खोप १२ वर्षमाथिका र दीर्घ रोगीले पनि लगाउन मिल्छ। यसको प्रभावकारिता ९५ प्रतिशत छ। थोरै मात्रा आएकाले अहिलेलाई फाइजर खोप दीर्घ रोगीलाई दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अमेरिकाबाट फाइजर खोपको ६० लाख मात्रा ल्याउने तयारी रहेको र त्यो आएपछि बालबालिकालाई खोप दिइने मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...