एक लाख डोज फाइजर खोप आज नेपाल आइपुग्दै, २४ वटा अस्पतालवाट खोप दिइने

Pfizer corona khop

काठमाडौं । कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने एक लाख डोज फाइजर खोप आज नेपाल आइपुग्दै छ । सोमबार नियमति उडानमार्फत अमेरिकाबाट नेपाल आइपुग्ने अमेरिकी दूतावासले जनाएको छ ।

फाइजर नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् ।

यो खोप १२ वर्षमाथिका दीर्घरोगीलाई मात्र दिने निर्णय सरकारले गरेको छ। कोभ्याक्स सुविधाअन्तर्गत अत्यन्त कम संख्यामा आएको हुनाले यो खोप पहिलो चरणमा १२ वर्षमाथिका दीर्घरोगीलाई मात्र दिने निर्णय भएको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले बताए ।

‘खोप एक लाख डोज मात्र छ । धेरैजनालाई दिन सम्भव छैन। कोभ्याक्सको नियमअनुसार जोखिम समूहलाई पहिला दिने हो । त्यही निर्णय गरेका छौं’, दाहालले भने । कात्तिक २८ देखि मंसिर ३ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ। नेपालका मुख्य २४ वटा अस्पतालवाट यो खोप दिइने खोप शाखाले जनाएको छ ।

अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएन्टेकले संयुक्त रुपमा निर्माण गरेको फाइजर खोप १२ वर्षभन्दा माथिका उमेर समूहमा प्रभावकारी हुने अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले जनाएको छ । एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्ने यो खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानबाट पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले यो खोप थोरै मात्रामा आएकाले दीर्घ रोगीलाई लगाइने बताए । अमेरिकाबाट आगामी पुसमा थप ६० लाख डोज फाइजर खोप ल्याउने तयारी छ । त्यो खोप आएपछि बालबालिकालाई लगाइने सरकारको तयारी छ ।

फाइजर खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्छ । यो खोप भण्डारणका लागि चार वटा फ्रिज युनिसेफमार्फत् यसअघि नै नेपाल ल्याइसकिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...