खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिन्छः मन्त्री गहतराज  

Khelkud mtri

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिने बताएका छन् ।

पाँचौं सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनशीप खेल्न बंगलादेश जान लागेका खेलाडी तथा प्रशिक्षकहरुलाई विदाई गर्दै मन्त्री गहतराजले खेलाडीको मनोबल बढाउन व्यवस्थापकीय पक्षमा ध्यान दिने बताए । उनले शक्ति र साहसका साथ खेल्न खेलाडीलाई हौसला दिए ।

मन्त्री गहतराजले अबको ध्येय जित भएको बताउँदै आँट र साहसका साथ खेलेको देख्न र उपाधि नेपाल ल्याउने आशमा आफू र देश रहेको बताए । 

बंगलादेशको ढाकामा हुने पाँचौं सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनशीपमा सहभागी हुन राष्ट्रिय सिनियर र जुनियर टीमका खेलाडी भोलि ढाका जाँदैछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...