पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

Corona 1596087688 1597680755

काठमाडौँ । देशभर थप पाँच सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षणमा चार सय ३८ र एन्टिजेन परीक्षणमा ७५ जनामा संक्रमण देखिएको हो । 

यो अवधिमा चार हजार नौ सय ७२ जनाको पीसीआर परीक्षण र एक हजार नौ सय ५९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

हाल देशभर १० हजार पाँच सय ५९ जना सक्रिय संक्रमित रहेका छन् । शनिबार आठ सय १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घन्टामा ८ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार तीन सय ४५ पुगेको छ ।

प्रतिकृया दिनुहोस