शुक्रबार देशैभर थपिए ७०८ जना कोरोना संक्रमित

Corona 12

काठमाडौँ । नेपालमा शुक्रबार थप ७ सय ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार २ सय ५३ पिसिआर परीक्षणका क्रममा ५ सय ७४ जना र २ हजार १ सय २३ एन्टीजेन परीक्षणका क्रममा १ सय ३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ९ लाख २ हजार १ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ३ सय ३७ सङ्क्रमितको कोरोनाका कारण ज्यान गएको छ । त्यस्तै थप ९ सय ३२ सङ्क्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ८५ हजार ८ सय १३ जना निको भएका छन् ।

हाल १० हजार ९ सय ४६ सक्रिय सङ्क्रमित आइसोलेसन र २ सय २३ जना क्वारेनटाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस