चितवनको रत्ननगर बकुलहर अस्पतालमा तोडफोड, सुरक्षा गार्ड कुटिए

Ratnanagar hospital chitawan

काठमाडौँ । पूर्वी चितवनको रत्ननगर बकुलहर अस्पतालमा बिहीबार राति तोडफोड गरिएको छ । राति पौने १२ बजे दुई युवाहरूले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका हुन् ।

हातमा सामान्य चोट लागेर उपचार गर्न आएका दुई युवाहरूले उपचारमा ढिलाइ भएको झोकमा अस्पतालमा तोडफोड गरेका हुन् । पहिचान खुल्न नसकेका युवाहरूले अस्पतालका सुरक्षागार्डलाईसमेत हातपात गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

तोडफोडबाट अस्पतालको नयाँ भवनको एउटा ढोकाको सिसा फुटेको छ भने कुर्ची भाँचिएका छन् । प्रहरीले युवाहरूले प्रयोग गरेको एउटा ‘अनटेष्ट’ मोटरसाइकलसमेत नियन्त्रणमा लिएका छन् । सीसी क्यामेरा फुटेजमा युवाहरूको हुलिया पहिचान भइसकेको र उनीहरूलाई छिट्टै पक्राउ गरी कानुनी दायरामा ल्याइने डिएसपी रानाले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...