कृष्णनगरमा हैजा फैलिएको पुष्टि, ४ जनामा हैजाका जीवाणु फेला

Krishnanagar haija

काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका तीन वडामा झाडापखाला प्रकोप देखिएको दुई सातापछि संक्रामक रोग हैजा फैलिएको पुष्टि भएको छ ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा नमुना परीक्षण गर्दा चार जनामा ‘भिब्रिओ कोलेरा ०१ ओगावा’ ब्याक्टेरिया भेटिएको हो । टेकुमा गरिएको २१ नमुना परिक्षणका क्रममा तीन पुरुष र एक बालिकामा हैजाका जीवाणु भेटिएको छ ।

अहिले पनि दैनिक १८र२० जना बिरामी आउने गरेको र १५ जना उपचाररत रहेको उनले बताए । हालसम्म ९ सय ६ जना उपचारका लागि अस्पताल आएका छन् । त्यसमध्ये ८ सय ५० जना डिस्चार्ज भएका छन् । सिकिस्त ४१ बिरामीलाई रेफर गरिएको थियो । प्रकोपले दुई बालक, एक बालिका र एक ४५ वर्षे पुरुष गरी चार जनाको मृत्यु भएको थियो ।

विश्व स्वास्थ्य संगठनका प्रतिनिधिको समन्वयमा नमुना संकलन गरिएको दिसाको १० दिनपछि रिपोर्ट आउँदा हैजा देखिएको हो । यसअघि विभिन्न भौगोलिक क्षेत्रका पाँच बिरामीको दिसा लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा एक जनामा हैजाको जीवाणु भेटिएको थियो । थप पुष्टिका लागि टेकु पठाउँदा त्यहाँ पनि हैजा नै पुष्टि भएको हो ।

१४ दिनदेखि कृष्णनगर–७, ८ र ९ मा फैलिएको प्रकोप नियन्त्रणमा आए पनि जोखिम भने नघटेको शिवराज अस्पतालका मेसु मुकेश चौधरीले बताए । ‘नयाँ बिरामी आउने क्रम रोकिएको छैन,’ उनले भने, ‘बहादुरगन्जस्थित शिवराज अस्पतालमा आउनेको संख्या पनि बढिरहेकै छ ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...