थपिए ५९१ जना कोरोना संक्रमित, ५० प्रतिशतभन्दा बढी उपत्यकाभित्रैकै

Corona test 13

काठमाडौं । नेपालमा देशभर ५९१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर हाल ११ हजार ८७४ जना सक्रिय संक्रमित पुगेका छन् ।

९ हजार ६९७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ५२३ जना तथा एन्टिजेन विधिबाट ६८ जनामा संक्रमण पुष्टि भएको हो । यसमध्ये सबैभन्दा धेरै २०३ जना काठमाडौँ, ४१ जना ललितपुर र ३० जना भक्तपुरका रहेका छन् ।

यही अवधिमा थप ९ सय ३७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कूल संक्रमितमध्ये ७ लाख ८२ हजार ३९३ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७।१ प्रतिशत रहेको छ । यही अवधिमा थप ९ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ११ हजार २९३ जनाको मृत्यु भइसकेको छ ।

यसमध्ये १० हजार ८४७ जना होमआइसोलेसनमा, २ सय ८० जना सघन उपचार कक्षमा र ९९ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा २७ हजार ७०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...