वक्षस्थलबारे जान्नैपर्ने २२ तथ्य

Chif

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। वक्षस्थलको स्वरुपले महिलाको समग्र सुन्दरतामा प्रभाव पार्छ।

वक्षस्थलको साइज के हो, आकार कस्तो र कस्तो प्रकारको ब्रा धेरै मनपर्छ ? यस्तो केही प्रश्न छन् जो महिला र पुरुषको दिमागमा बक्षस्थलबारे सोच्ने गर्दछन्। महिलाको बक्षस्थल सधैं पुरुषका लागि आकर्षणको केन्द्र बन्ने गर्दछ।

सर्वेक्षणहरूमा धेरै पटक महिलाहरूले आफ्नो शरीरको आकर्षक अंगका रूपमा वक्षस्थललाई छनौट गरेका छन्। आखिर महिलाहरूले आफ्नो वक्षस्थललाई किन आकर्षक अंग मान्छन् भनेर टार्गेट म्यापले विश्वव्यापी सर्वेक्षण गर्दा नयाँ तथ्य अगाडि आएको छ।

विश्वका महिलाहरूमध्ये सर्वाधिक ठूलो वक्षस्थल फिनल्यान्ड, नर्वे, रूस र स्वीडेनका महिलाहरूको हुन्छ। उनीहरूको वक्षस्थलको साइज डी छ। त्यसपछि बेलायतका महिलाहरूको पालो आउँछ, जसलाई सी कप साइजको ब्रा चाहिन्छ भने एसियन र अफ्रिकनको ब्राको औसत साइज ए र बी हो।

मध्ययुरोप, उत्तर अमेरिका र दक्षिण अमेरिकाका महिलाहरूको वक्षस्थलको आकार पनि औसतमा डी नै छ। यो सर्वेक्षणअनुसार ९२ देशका महिलाको वक्षस्थलको आकार ए साइजको ब्रा लाग्ने खालको मात्र छ।

यही सर्वेक्षणका क्रममा पुरुषको ज्ञानेन्द्रियसम्बन्धी जानकारी पनि संकलन गरिएको थियो। कंगोका पुरुषहरूको लिंगको आकार सबैभन्दा लामो ७ दशमलव १ इन्च पाइयो भने इक्वेडर ६ दशमलव ९ इन्च तथा घाना ६ दशमलव ८ इन्चले क्रमश: दोस्रो र तेस्रो स्थानमा रहे। महिलाको वक्षस्थलसँग जोडिएको केही तथ्यबारे थाहा पाउन जरुरी छ।

१. धेरैजसो महिलाको बायाँ स्तन, दाहिने स्तनभन्दा ठूलो हुन्छ। महिलाको दुबै स्तन बराबर हुँदैन।

२. एक किशोरी पहिलो पटक महिनावारी भएको दुई–चार वर्षमा उनको स्तन पूर्ण रुपमा विकसित भइसकेको हुन्छ।

३. महिलाजस्तै पुरुषलाई पनि स्तन क्यान्सरको सम्भावन हुन्छ।

४. स्तन क्यान्सर दोस्रो सबैभन्दा धेरै ज्यान लिने क्यान्सर हो। तौललाई नियन्त्रणमा नराख्नु, नशाको सेवन गर्नु, स्तनमा आएको गाँठोको समयमै उपचार गरे क्यान्सरबाट बच्न सकिन्छ।

५. बच्चालाई दुध पिलाउँदा मुटुरोग, स्तन क्यान्सरजस्तो समस्याबाट बच्न सकिन्छ। स्तनपान गराउने आमामा सकारात्मक परिवर्तन आउने गर्दछ।

६. गर्भावस्थाको क्रममा निस्कने हर्मोनले निप्पल्सको रंगलाई गाढा वा कालो बनाइदिन्छ। तर यो रंग परिवर्तनले कुनै खतरा भने हुँदैन।

७. ८० प्रतिशत पुरुष जतिबेला कुनै महिलालाई पहिलो पटक भेट्छन् तब उनको स्तनलाई हेरेकै हुन्छन्।

८. ४० वर्षभन्दा बढि उमेर भएका महिलामा स्तन क्यान्सरको खतरा अत्यधिक हुन्छ।

९. महिलाको स्तनमा दुईवटा निप्पल्स पाइन्स तर केही महिलामा भने ३ वटा निप्पल्स हुन्छ।

१०. यौनसम्बन्धका बेला निप्पल्सले निकै महत्वपूर्ण भूमिका निभाएको हुन्छ। केही महिला निप्पल्स चलाउँदा मात्र पनि चरमोत्कर्षमा पुग्ने गर्दछन्।

११. ८० प्रतिशत महिला अहिले पनि आफ्नो ब्राको साइजबारे अनभिज्ञ छन्। गलत आकारको ब्रा लगाउने गर्दछन्।

१२. ब्राको सही जानकारी दिने उद्देश्यले चीनमा ब्रा स्टडिजमा पनि डिग्री हाँसिल गर्न पाइन्छ।

१३. मानिसको दूध गाई अथवा अन्य कुनै पनि जनावरको दूधभन्दा मिठो हुन्छ र निकै गुणकारी पनि। थुप्रै एशियाली देशमा मानिसको दूधको भारी माग हुने गर्दछ।

१४. खेल्नेबेला वा व्यायाम गर्ने बेला स्पोर्टस ब्रा नलगाउँदा तपाईंको निप्पल्सलाई हानी पुग्ने गर्दछ।

१५. घोप्टो परेर कहिले पनि नसुत्नुहोस्। यसो गर्दा तपाईंको स्तनको आकारमा परिवर्तन आउन सक्छ। विशेषगरी यदि तपाईंको स्तन अलि ठूलो छ भने।

१७. महिला पनि आफ्नो स्तनलाई त्यसरी नै हेर्छन् जसरी पुरुष अरु महिलाको हेर्ने गर्दछन्।

१८. हलिउड नायिका एन्जेलिना जोलीलाई स्तन क्यान्सर भएको खबर सार्वजनिक भएपछि यसको उपचार गराउने महिलाको संख्या दोब्बरले वृद्धि भएको थियो। तर अहिले पनि ५० प्रतिशतभन्दा धेरै महिला स्तन क्यान्सरको जाँच गराउँदैनन्।

१९. पुरुषको पनि निप्पल्स हुन्छ किनभने सुरुवातमा सबै भ्रुण महिला हुन्छन्।

१९. रक्सी र चुरोट पिउने महिलाको स्तनको आकारहिन हुन्छन्।

२०. तौल बढ्दा स्तनको आकार बढ्ने गर्दछ र तौल कम हुँदा स्तनको आकार घट्ने गर्दछ।

२१. पुरुषको निप्पल पनि त्यति नै संवेदनशील हुन्छ जति महिलाको हुन्छ।

२२. सुतिरहेका बेला महिलाको निप्पल पनि सेक्सका कारण लिंगजस्तै उत्तेजित हुने गर्दछ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...