साफ च्याम्पियनसिप : आज नेपालले बंगलादेशको सामना गर्दै, बराबरी खेले पनि फाइनलमा पुग्ने

Nepali team

काठमाडौं । साफ च्याम्पियनसीप फुटबल अन्तर्गत आज नेपाल र बंगलादेशबचि प्रतिष्पर्धा हुँदैछ । मालेस्थित नेशनल रंगशालामा नेपाल र बंगलादेशबीचको खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ ।

बंगलादेशविरुद्ध मैदान उत्रिँदा नेपाल ऐतिहासिक उपलब्धि प्राप्त गर्ने लक्ष्यमा हुनेछ । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन सकेको छैन । तर, बंगलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनल पुग्नेछ । नेपालले साफमा सेमिफाइनलभन्दा माथि जान सकेको छैन ।

साफ च्याम्पियनसीप फुटबलमा बुधबार फाइनल पुग्ने टोलीको टुंगो लाग्दैछ । आज राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बंगलादेशसँग तथा माल्दिभ्सले भारतसँग खेल्दैछ ।

६–६ अंक जोडेका नेपाल र माल्दिभ्सलाई बराबरी मात्रैले पनि फाइनलमा पुर्‍याउने छ भने भारत र बंगलादेशलाई जितको विकल्प छैन। पाँच राष्ट्र सहभागी प्रतियोगिताबाट उत्कृष्ट २ टोली फाइनलमा पुग्नेछन् ।

प्रतियोगितामा नेपाल ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अब नेपाललाई फाइनल पुग्न मात्र एक अंकको आवश्यकता छ । ६ अंक नै भएको माल्दिभ्स गोल अन्तरमा अघि रहँदै शीर्ष स्थानमा छ । पाँच अंक जोडेको भारत तेस्रो तथा चार अंक जोडेको बंगलादेश चौथो स्थानमा छ ।

बुधबार नै भारत र माल्दिभ्सबीच खेल हुँदैछ। नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो । माल्दिभ्सलाई १–० ले हराएको नेपालले श्रीलंकालाई ३–२ ले हराएको थियो । तेस्रो खेलमा गत आइतबार नेपाल भारतसँग १–० ले पराजित भएको थियो ।

यता, नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले फाइनल प्रवेश गर्न बंगलादेशविरुद्ध राम्रो नतिजा निकाल्ने बताएका छन् । बंगलादेश विरुद्धको खेलअघि मंगलबार सम्पन्न प्रि–म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक श्रेष्ठले फाइनल पुग्न राम्रो नतिजा निकाल्ने स्पष्ट पारेका हुन् ।

‘हामी बंगलादेशसँग खेल्न तयार छौँ, हाम्रो तयारी पूरा भइसकेको छ,’ प्रशिक्षक श्रेष्ठले भने, ’हामी उच्च मनोबलका साथ छौँ । हामी फाइनल प्रवेशको रणनीतिका साथै मैदान उत्रनेछौँ ।’

‘बुधबारको खेल महत्वपूर्ण हुनेछ तथा हामीलाई जित वा बराबरीको आवश्यकता हुनेछ,’ उनले भने, ‘फाइनलमा पुग्न चार वटै देशका लागि जितका लागि दबाब हुनेछ । भारतमाथि पनि त्यस्तै खाले दवावमा छ। बंगलादेशलाई पनि जितको आवश्यकता छ । यस पटक हाम्रो टोलीले दवावलाई झेल्न सक्छ ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...