साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित, फाइनल पुग्ने सम्भावना कायमै

Nepal vs india

काठमाडौं । माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ मा नेपालले पहिलो हार बेहोरेको छ । आइतबार भएको आफ्नो तेस्रो खेलमा नेपाल, भारतसँग १-० ले पराजित भएको हो ।

मालेस्थित नेशनल स्टेडियममा भएको खेलमा भारतका लागि कप्तान सुनिल क्षेत्रीले ८२औं मिनेटमा गोल गरे । पहिलो हाफमा पनि सुनिल क्षेत्री र मनविर सिंहले गोल गर्ने राम्रो अवसर गुमाएका थिए ।

खेलको अधिकांश समय नेपालले पूर्णत: रक्षात्मक भएर खेलेको थियो । खेलको १८ औं मिनेटमा सुनील क्षेत्रीले नेपालको पेनाल्टी एरियामा दबाब सिर्जना गरे पनि त्यो निर्णायक प्रतिफल निस्केन ।

लगतै कर्नरमा सुनीलको हेड प्रहार पोस्टको माथिबाट बाहिरियो । यस्तै ४२ औं मिनेटमा भारतका मनवीर सिंहले नेपालको पोस्ट नजिकबाट मौका पाए पनि त्यसको फाइदा उठाउन सकेन ।

भारतले ५५ औं मिनेटमा पेनाल्टी एरियाको ठीक बाहिर फ्रिकिक पाएको थियो, तर त्यसमा ब्रेन्डेन फर्नान्डेजको प्रहार बाहिरिएको थियो । लगतै मनवीर सिंहले नजिकको दूरीबाट गरेको हेडलाई नेपाली गोलरक्षक किरण लिम्बूले बचाउ गरे । पूरा खेल अवधिमा नेपालले भने कुनै गतिलो आक्रमण बुन्न सकेन ।

आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्स भने ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । भारतको पाँच अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ । बंगलादेश चार अंकमा चौथो स्थानमा छ ।

अब लिग चरणको अन्तिम दिनको खेलमा नेपालले बंगलादेश र भारतले माल्दिभ्सको सामना गर्नेछ । नेपालले बंगलादेशविरुद्ध एक अंक बटुल्न सके पनि त्यो नेपालका लागि फाइनल पुग्न पर्याप्त रहनेछ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...