पहिलोपटक ईपीएलको उपाधि चितवन टाइगर्सलाई, पोखरा ४ विकेटले पराजित

Capture dfdse34

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ ।

फाइनलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै चितवनले पहिलोपटक ईपीएलको उपाधि उचालेको हो ।

पोखराले दिएको १ सय १२ रनको लक्ष्य चितवनले ओभरमा विकेट गुमाउँदै भेट्टायो । उसका लागि भीम सार्कीले ४५ बलमा ६३ रन बनाउँदै अर्धशतकीय पारी खेले ।

दिलिप नाथ १८ र राजेश पुलामी १४ रन बनाएर पेभेलियन फर्कंदा हसिम अन्सारी, करिम जनतले दोहोरो अंकको रन जोड्न सकेनन् । सिक्कुज प्रसन्नले एक रन बनाउँदा कप्तान सोमपाल कामीले चार रन हानेर अविजित रहे ।

पोखराका किशोर महतोले चार तथा नन्दन यादवले दुई विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदै १ सय ११ रन बनायो ।

पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए । रिचार्ड लेभीले २६ रन जोड्दा विपिन रावलले १७ रन बनाए । कप्तान विनोद भण्डारीले २२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

पोखरालाई सस्तैमा रोक्न चितवनका कमल सिंह ऐरीले ४ विकेट लिए । करिम जनत र सेकुग्गे प्रसन्नले २–२ विकेट लिँदा कप्तान सोमपाल कामी र सागर ढकालको नाममा १–१ विकेट रह्यो ।

चितवन र पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेका हुन् । पहिलो क्वालिफायरमा चितवनले पोखरालाई नै हराएर फाइनलमा स्थान पक्का गरेको थियो । तर, दोस्रो क्वालिफायरमा पोखराले भैरहवा ग्लाडियसर्टलाई हराएर फेरि चितवनसँगको भेट पक्का गरेको हो ।

जितसँगै चितवनले ५० लाख रुपैयाँ पाएको छ भने पोखराले १५ लाख चित्त बुझाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...