गण्डकी प्रदेशका सांसद र पिएका लागि ५० लाख बढी दशैं भत्ता निकासा

Money rajaswo

पोखरा । यस वर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले दशैं भत्ता नपाए पनि गण्डकी प्रदेशका सदस्यहरूको खातामा भने रकम निकासा गरिएको छ ।

प्रदेश सांसदहरूलाई बजेटमा उल्लेखित पारिश्रमिक ऐनअनुसार १ महिनाको तलब बराबरको भत्ता पठाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेशसभा सदस्यको सेवा सुविधा सम्बन्धी ऐनअनुसार सांसदलाई उक्त रकम पठाइएको हो । प्रदेशका सांसदसँगै उनीहरूका सहयोगी (पिए) लाई समेत १ महिनाको तलब दशैं भत्तास्वरुप पठाइएको छ ।

प्रदेश सभामा हाल ५९ जना सांसद रहेका छन् । उनीहरूको मासिक तलब ५४ हजार २ सय रुपैयाँ रहेको छ । त्यस्तै, सभामुखको तलब ५८ हजार रुपैयाँ हाराहारी रहेको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सांसद र उनीहरूका पिएको खातामा आज भत्ता पठाइएको हो ।

सांसद र पिएलाई १ महिना बराबरको तलब अतिरिक्त उपलब्ध गराउँदा ५० लाख रुपैयाँ बढी निकासा हुन्छ । हाल पिएको तलब ३० हजार २ सय रुपैयाँ तोकिएको छ । सचिवालय अन्तर्गत ५ समिति छन् । समितिका संयोजकको भत्ता भने केही बढेर गएको छ । यसैगरी, प्रदेशका मन्त्रीहरूको दशैं भत्ता मुख्यमन्त्रीको कार्यालयबाट पठाइनेछ ।

मन्त्रीहरूलाई पनि १ महिनाको तलब बराबरनै भत्ता उपलब्ध गराउने परिपाटी रहेको छ ।स्मरणीय छ, अघिल्लो वर्ष नेपाली कांग्रेसका १५ जना सांसदले दशैं भत्ता नलिने निर्णय नै गरेका थिए । सचिवालयले सांसदको भत्ता खातामा जम्मा गरिदिएपछि बैठकमार्फत ‘भत्ता नलिने र खातामा आएको भत्ता सरकारलाई नै फिर्ता गर्ने’ निर्णयपश्चात् उक्त भत्ता कोभिड कोषमा जम्मा गराइएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...