आजदेखि काठमाडौंमा सहुलियत खसी–बोका बिक्री शुरु, प्रतिकिलो १० रुपैयाँ छुट

Khasi boka

काठमाडौं । काठमाडौंमा आजदेखि सहुलियत मूल्यमा खसी–बोका बिक्री शुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापारर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले आजदेखि काठमाडौंमा दशैंलक्षित सहुलियत मूल्यमा खसी–बोका बिक्री शुरु भएको जानकारी दिए ।

कम्पनीको थापाथलीस्थित कार्यालयबाट खसी–बोका किन्न पाइने कम्पनीका कार्यकारी अधिकृत चन्दले जानकारी दिए ।

उनका अनुसार खसी–बोकाको मूल्य प्रतिकिलो ६५० रुपैयाँ निर्धारण गरिएको छ । त्यसमा प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ । जस अनुसार खरिदकर्तालाई प्रतिकिलो ६४० रुपैयाँ पर्ने उनले बताए । गत वर्ष कम्पनीले प्रतिकिलो ५५० रुपैयाँ सहुलियत मूल्यमा खसी–बोका बिक्री गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...