निर्देशक सुदर्शन थापाले कसे सुप्रियासँग लगनगाँठो

Sudarshan supriya

काठमाडौँ । निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिएका छन् । गत २१ भदौमा इन्गेजमेन्ट गरेका सुदर्शन र सुप्रिया केही समयदेखि प्रेममा थिए ।

शुक्रबार उपत्यकाको एक ब्याङ्कवेटमा सुदर्शन र सुप्रियाले विवाह गरेका हुन् । पारिवारिक सदस्य र केही फिल्मकर्मीको उपस्थितिमा सुदर्शनले सुप्रियासँग लगनगाँठो कसेका हुन् । सुदर्शनले विवाहको प्रीतिभोजको आयोजना भने शनिबार गरेका छन् । उनले फिल्मकर्मी तथा परिवारका लागि शनिबार साँझ काठमाडौंस्थित एक बुटिक होटलमा प्रीतिभोजको आयोजना गरेका छन् ।

सुदर्शन निर्देशकसँगै कलाकार, निर्माता हुन् भने सुप्रिया मोडल हुन् । हाल एपीवान टेलिभिजनमा कार्यरत सुप्रियाले ‘साढे सात’ नामक फिल्मसँगै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छन्। फिल्मी यात्रामा सुदर्शनको नाम केही नायिकासँग नजोडिएको भने होइन, यद्यपि उनले आफ्नो सुप्रियासँगको छोटो प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।
 

प्रतिकृया दिनुहोस