लुम्बिनीमा पूर्ववर्ती सरकारको बजेट विस्थापन, आयो ४० अर्ब ९५ करोडको बजेट (पूर्ण विवरणसहित)

Lumbini pradesh

बुटवल । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट विस्थापन गरी लुम्बिनी प्रदेश सरकारले ४० अर्व ९५ करोड ९७ लाख बराबरको नयाँ बजेट ल्याएको छ । आर्थिक बर्ष ०७७र०७८ का लागि प्रदेशसभामा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले अघिल्लो सरकारले ल्याएको बजेट बराबरकै बजेट घोषणा गरेका हुन् ।

कुल बजेटमध्ये चालू ‍खर्चतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ २२ करोड ४७ करोड १५ लाख रुपैयाँ छ । ३३.३१ प्रतिशत चालू र ५४.८७ प्रतिशत पुँजीगततर्फ बजेट छुट्याइएको छ । त्यसबाहेक ११.८२ प्रतिशत अर्थात् ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको अर्थमन्त्री खड्काले बताए ।

त्यस्तै स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख रकम छ । सरकारले अघिल्लो सरकारले सुरुदेखि नै अघि सारेर लोकप्रिय बनेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम हटाएको छ । त्यसको स्थानमा ‘मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम’ ल्याइएको छ । त्यस्तै सरकारले प्रदेशका मुटु रोगीको उपचारमा सहयोग पुर्‍याउन र मुटुरोग सेवालाई प्रभावकारी बनाउन प्रदेशस्तरको क्याथ ल्याब निर्माण गर्ने भएको छ । त्यसका लागि १० करोड रकम विनियोजन गरिएको मन्त्री खड्काले बताए ।

बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्धन, कोरोना नियन्त्रण र राहतजस्ता केही नयाँ कार्यक्रम समावेश गरिएको छ। १८ वर्षमुनिका बालबालिकालाई दृष्टिगत गरी कोभिड खोप लगाउन संघीय सरकारसँग समन्वय गर्ने व्यवस्था बजेटमा छ ।

विकट क्षेत्रमा घरदैलौमा डाक्टर कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथ ल्याब स्थापनाका लागि १० करोड बजेट छुट्याइएको छ । त्यस्तै मिर्गौला प्रत्यारोपण, मुटुको भल्ब फेर्ने, क्यान्सर रोग उपचारका लागि अतिरिक्त २ लाखसम्म प्रदेश सरकारले दिने बजेटमा घोषणा गरिएको छ ।

र्नुहोस् बजेटको पूर्णपाठ

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...