मुटु दिवसमा धनकुटामा मिनी म्याराथन सम्पन्न

Dkt myarathun

धनकुटा । विश्व मुटु दिवसको अवसरमा धनकुटामा मिनी म्याराथन प्रतियोगिता आयोजना गरिएको छ । पूर्वप्रहरी संस्थाको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ ३० जना र महिलातर्फ ७ जना धावक सहभागी भएका थिए ।

धनकुटाको बसपार्कबाट सुरु भएको प्रतियोगिता तमोरभ्याली, धनकुटा एफएम, मदनचोक, भीमनारायण चोक, माथिल्लो कोप्चे, तल्लो कोप्चे, यलम्बर चोक, हुँदै मदनचोकमा आएर समापन भएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ रोशन तामाङ प्रथम, सलिन राई दोस्रो र सुशील लिम्बू तेस्रो भए। उनीहरूले क्रमशः नगद ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

महिला तर्फका खेलाडीले प्रथम रेनुका तामाङ, दास्रो मन्दिरा तामाङ दोस्रो र तृतिय एलिना लिम्बू भए । उनीहरुलाई क्रमश नगद ४ हजार, ३ हजार र २ हजार प्राप्त गरेको पूर्व प्रहरी संस्थाका सहसचिव डम्बर कटुवालले जानकारी दिए ।

सो कायेक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, पूर्व डीआइजी दिनेश अमात्य, जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख नहकुल पोख्रलले लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन पूर्व प्रहरी संस्थाका सहसचिव डम्बर कटुवालले गरेका थिए भने पूर्वप्रहरी संस्थाका अध्यक्ष योगेन्द्र कार्कीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकीकृत समाजवादीबाट फेरिए चार मन्त्री र एक राज्यमन्त्री, जीवनराम र मेटमणिको ‘इन्ट्री’ (सूचिसहित )

New mantri samajwadi

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवा...