बल्ल भयो एमबिबिएस छात्रवृत्ति पूर्व मनोनयन सूची प्रकाशित (सुचनासहित)

Mbbs adhyan suchi

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तह (एमबीबीएस)मा प्राथमिकताका आधारमा छात्रवृत्ति र विदेशीतर्फको म्याचिङ हुने सिटमा पूर्व मनोनयन सूची प्रकाशित गरेको छ ।

आयोगले सम्पूर्ण विश्वविद्यालय र अन्तर्गतका शिक्षण संस्था तथा प्रतिष्ठानहरूमा यो शैक्षिक सत्रको लागि सञ्चालित एकीकृत प्रवेश परीक्षाको योग्यताक्रम तथा विद्यार्थीको छनोटका आधारमा सूची प्रकाशन गरेको हो ।
आयोगले सोमबार सूची प्रकाशित गर्दै पूर्व मनोनयनको सूचीमा सूचीकृत भएका उम्मेदवारले ३१ गते ५ बजे भित्र आफू पूर्व मनोनयनमा परेको सिटमा अध्ययन गर्न सहमत वा असहमत भए सो को जानकारी पठाउन आग्रह गरेको छ ।

विद्यार्थीले अनिवार्य आयोगमा आफ्नो प्रोफाइल अनलाइन मार्फत दिनुपर्ने र कुनै एक सिटमा मात्र पूर्व मनोनयन भएको उम्मेदवारले तोकिएको समयावधिभित्र कुनै जानकारी नगराएमा पूर्व मनोनयन स्वतः स्वीकार गरेको मानिने सूचनामा उल्लेख छ । एक भन्दा बढी शैक्षिक कार्यक्रममा पूर्व मनोनयन भएको अवस्थामा कुनै एक कार्यक्रममा मात्र सहमति जनाउनुपर्नेछ । अन्यथा कुनै पनि सिटमा मनोनयन गर्न नसकिने समेत जनाइएको छ ।

पूर्व मनोनयनको सूचिमा परेको उम्मेदवारले अध्ययन नगर्ने भनी तोकिएको समय भित्रै विथड्र गरेमा सो समूह बाहेक सशुल्क वा अन्य शैक्षिक कार्यक्रमको अवसर प्राप्त हुने हुँदा आगामी ३१ गते ५ बजे भित्र असहमति जनाउनुपर्नेछ ।

सशुल्क तथा अन्य शैक्षिक कार्यक्रमको पनि उम्मेदवार भएको अवस्थामा म्याचिङमा समावेश हुन सक्नेछ । असहमति नजनाउने र मनोनयन भएको सिटमा भर्ना पनि नगर्ने उम्मेदवारले यसपछि प्राप्त हुने कुनै पनि छात्रवृत्ति (विदेशीसमेत) कोटा र सशुल्क समूहमा समेत समावेश हुन नपाउने सूचनामा उल्लेख गरिएको छ ।
सःशुल्क तथा अन्य शैक्षिक कार्यक्रमको पनि उम्मेदवार भएको अवस्थामा म्याचिङमा समावेश हुन सक्नेछ ।

असहमति नजनाउने र मनोनयन भएको सिटमा भर्ना पनि नगर्ने उम्मेदवारले यसपछि प्राप्त हुने कुनैपनि छात्रवृत्ति ९विदेशी समेत० कोटा र सःशुल्क समूहमा समेत समावेश हुन नपाउने सूचनामा उल्लेख गरिएको छ ।

यस्तो छ सुचना

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...