नेपाली सेनामा खुल्यो नयाँ जागिर, ४ हजारले रोजगारी पाउँदै

Nepal aarmi

काठमाडौं । लामो समयपछि नेपाली सेनाले विभिन्न स्थानमा ४ हजारको सङ्ख्यामा सैन्य भर्नाको आवेदन खुल्ला गरेको छ ।

सेनामा रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि सेनाले दरखास्त आह्वान गरेको हो । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले ४ हजार सैन्य पदको दरखास्त आह्वान गरेको हो ।

भर्ना हुनका लागि १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको र बहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ ।

बहालवाला सैनिक व्यक्ति बाहेक सैन्य पदका उम्मेदवारहरूको हकमा अविवाहित हुनुपर्ने दरखास्त आह्वानमा उल्लेख गरिएको छ । दरखास्त पेस गर्ने अन्तिम मिति असोज १६ गतेसम्म तोकिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...