गोपनियताका लागि परिवारबाट अलग्गै बस्छन् यी कलाकार

Aaliya vatta

मुम्बई(बलिउड लाइफ) फिल्मी दुनियाँमा यस्ता कैयौं कलाकार छन्, जो गोपनियताका लागि आफ्नो परिवारभन्दा अलग बस्छन् । जहाँ उनीहरु एकल जीवनमा रमाइरहेका छन् ।

अभिनेत्री आलिया भट्टले आफूलाई बलिउडमा स्थापित गरिसकेकी छन् । उनी आफ्नो फ्ल्याटमा परिवारभन्दा अलग बसेकी छन् । आलियालाई गोपनियता निकै मनपर्छ । यसका लागि उनले परिवारबाट अलग बस्ने निर्णय लिएकी हुन् । 

अभिनेता विक्की कौशल पनि गोपनियतालाई निकै मनपराउछन् । यही कारण उनी पिता श्याम कौशलबाट अलग्गिएर छुट्टै अपार्टमेन्टमा बस्छन् ।

अभिनेत्री कटरीना कैफ धेरै वर्ष अघि मुम्बईमा आफ्ना लागि अलग्गै घर किनेकी थिइन् । त्यही समयदेखि उनी आफ्नो घरमा बस्दै आएकी छन् । उनी परिवारबाट अलग्गिएर बस्न थालेको लामो समय भइसकेको छ ।

बलिउडका ‘चकलेडी ब्वाइ’ अभिनेता रणवीर कपूर लामो समयदेखि आफ्नो निजी घरमा बस्दै आएका छन् । उनीसँग अभिभावक बस्दैनन् । तर उनको परिवार समय–समयमा रणवीरलाई भेट्न गइरहन्छन् । गत वर्ष उनको पिता ऋषि कपूरको निधन भएको थियो ।

फिल्म ‘शेरशाह’ अभिनेता सिद्धार्थ मल्होत्राले बलिउडमा राम्रो सफलता पाइसकेका छन् । उनको मुम्बईमा आफ्नो घर छ । उनी मुम्बईमै रहेका आफ्नो परिवारबाट अलग्गै बस्छन् ।

प्रतिकृया दिनुहोस