नेपालमा भेटियो डेल्टा प्रजातिको नयाँ म्युटेन्ट, हेलचक्य्राइँ नगर्न आग्रह

Corona virus 12

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ म्युटेन्ट (डेल्टा) प्रजातिको अर्को नयाँ भेरियन्ट पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट र तीनवटामा डेल्टाकै नयाँ म्युटेन्ट पुुष्टि भएको जानकारी दिएको छ । पुष्टि भएका तीनवटा नयाँ डेल्टा म्युटेन्टको नाम एवाइवान राखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सह प्रवक्ता समीर अधिकारीद्धारा जारी विज्ञप्तिमा जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भाग र उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको परीक्षण गर्दा म्युटेन्ट पुष्टि भएको उल्लेख छ ।

भेटिएका भेरिएन्ट र म्युटेन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने देखिएको समेत मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालय र दक्षिणपूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा मन्त्रालयले ती नमूना नयाँदिल्लीस्थित ‘द इन्स्टिच्युट अफ जेनोमिक्स एन्ड इन्टिग्रेटिभ बायोलोजी’मा परीक्षणका लागि पठाएको थियो ।

मन्त्रालयले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न /गराउन र सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न सबैमा अनुरोध गरेको छ ।

यता, कोभिडको महामारीबाट जोगिन सरकारले लागू गरेका जनस्वास्थ्यका मापदण्ड गम्भीर रूपमा पालना गर्न विज्ञले सुझाएका छन् । उनीहरुले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा हेलचक्य्राइँ गरे एक महिनामा नै सङ्क्रमणको तेस्रो लहर आउने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आज आयोजित ‘कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरको सम्भावना, सरकारको पूर्वतयारी’ विषयक अन्तक्र्रियामा जनस्वास्थ्यका विज्ञले अहिले स्वास्थ्यकामा मापदण्ड लागू नहुँदा सङ्क्रमण बढिरहेकाले तेस्रो लहर आउन सक्ने बताएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वनिर्देशक डा सागरराज भण्डारीले जनस्वास्थ्यका मापदण्ड लागू गर्न हेलचक्य्राइँ गरिएकाले सङ्क्रमण तेस्रो लहर एक महिनाभित्र आउनसक्ने बताए ।

हेर्नुस् विज्ञप्ति

 

प्रतिकृया दिनुहोस