‘युथफोर्स आतंकको स्रोत होइन,आतंक सिर्जना गर्नेलाई ठेगान लागउने संगठन हो : पोखरेल

Pokheral

काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले हालसालै ब्युँताइएको युथ फोर्सलाई जनताले राम्रो नठान्ने काम नगर्न निर्देशन दिएका छन् । शनिबार राजधानीमा आयोजित युथफोर्स भ्याली कमाण्डर घोषण कार्यक्रमलाई सम्बोधन गर्दै पाखरेलले युथफोर्स फरक परिवेशमा गठन भएको भए पनि परिवर्तित परिस्थिति अनुसार काम गर्नुपर्ने बताए।

‘परिवर्तित सन्दर्भमा जनतासँग जोडिने, जनताले नचाहेको काम नगर्ने, जनतालाई उत्पादनसँग जोड्ने, स्वरोजगारसँग अभियान चलाउने काम तपाईंहरुले गनुपर्छ,’ उनको निर्देशन छ, ‘भ्रष्टाचार विरुद्ध अभियान चलाउनुपर्छ ।’

पोखरेलले युथफोर्स आतंकको स्रोत नभइ आतंक सिर्जना गर्नेलाई तह लगाउने सांगठन भएको बताए। ‘युथफोर्स आतंकको स्रोत होइन, कोही आतंक सिर्जना गर्न चाहान्छन् भने त्यसलाई ठेगान लागउने संगठन हो,’ उनले भने, ‘ हामी कानुनी शासनलाई मान्छौं । कानुन हातमा लिँदैनौं ।’

एमालेको रक्षा गर्ने एउटा खम्बाका रुपमा उभिन आह्वान गर्दै पोखरेलले युवासंघ नेपाललाई अभिभावका रुपमा मानेर अघि बढ्न निर्देशन दिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...