केही महिनाभित्रै सबै नेपालीले कोभिड खोप पाउनेछन् : ओली

Kpoli ws5

काठमाण्डौँ ।  निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी केही महिनाभित्रै सबै नेपालीले कोरोना खोप पाउने सुनिश्चित भएको दाबी गरेका छन् । मंगलबार सिंहदरबार छाड्नुअघि निवर्तमान प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्दैै सो कुराको दाबी गरेका हुन् ।

प्रतिकूल अवस्थामा पनि कोभिड महामारीविरुद्ध प्रभावकारी काम गरेको जिकिर गर्दै ओलीले हालसम्म खोप लगाउनेको विवरण समेत सुनाएका छन् । उनका अनुसार ९ लाख ३२ हजार ८६८ ले दुवै डोज र १६ लाख ७८ हजार ९९३ जनाले पहिलो डोज लगाएका छन् । १ करोड ३१ लाख डोज खोप नेपाल आउने सुनिश्चित भएको दाबी गर्दै उनले २ करोड डोजभन्दा बढी खरिदको प्रक्रिया अघि बढेको भन्दै खोपको अभाव नभएको बताए ।

सम्बोधनका क्रममा निवर्तमान प्रधानमन्त्री ओलीले कहाँबाट कति खोप आए भन्ने हिसाब सुनका साथै , खरिद प्रक्रियामा रहेको खोपको हिसाब पनि सुनाएका छन् ।

प्रतिकृया दिनुहोस