लोकसेवा आयोगको परिक्षा कहिले हुँदैछ ? यस्तो छ कार्यतालिका

Lok sewa bilding

काठमाडौं । लोक सेवा आयोगले कोरोना महामारी र पदाधिकारी नहुँदा रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ  ।

पदाधिकारी नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा दशैँ अगाडी सञ्चालन हुने गरी आयोगले परीक्षा तालिका सार्वजनिक गरेको हो ।

अघिल्लो वर्षका बाँकी अधिकांश परीक्षा असोजसम्म सक्ने कार्यतालिका रहेको छ । लोक सेवा आयोगले लिने सङ्गठित संस्थाहरूको विज्ञापन भइसकेको परीक्षा पनि सँगसँगै गरिने बताइएको छ ।

खरिदारदेखि सहसचिवसम्मको परीक्षा स्थगित हुँदै आएको थियो । आयोगले चालू आर्थिक वर्षको सबै विज्ञापन वार्षिक कार्यतालिकाअनुसार नियमित रूपमा गरेको थियो । विज्ञापन भए पनि सम्पूर्ण परीक्षा स्थगित भएका थिए । गत आर्थिक वर्ष २०७६र७७ मा समेत खरिदारको विज्ञापन प्रकाशन भई परीक्षा सञ्चालन हुन बाँकी थियो ।

आयोगले ११ वटा विज्ञापनमा विविध कारणले रोकिएका परीक्षा, अन्तर्वार्ता, नतिजा प्रकाशन लगायतको कार्यतालिका सार्वजनिक गरिसकेको छ । रोकिएका परीक्षा नियमित रूपमा सञ्चालन गर्न आयोगलाई तीनदेखि चार महिनासम्म लाग्ने छ ।

परीक्षा तालिका :

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...