रुपा सुनारविरुद्ध भ्रामक समाचार लेख्ने ६ अनलाइन बन्द गराउन प्रेस काउन्सिलद्धारा दुरसञ्चारलाई पत्र

Rupa sunar

काठमाडौँ । जातीय विभेदमा परेकी रुपा सुनारले न्यायको लागि लड्दै गर्दा उनको विषयमा अफवाह फैलाएर समाचार लेख्ने ६ अनलाइन् बन्द गराउन प्रेस काउन्सिलले  दुरसञ्चारलाई पत्राचार गरेको छ । 

असार १ गते कोठा भाडामा लिन जाँदा काठमाडौँको बबरमहल स्थित सरस्वती प्रधानले उनलाई जात थाहा पाएपछि कोठा दिन अस्विकार गरेपछि रुपाले  उनीविरुद्ध जाहेरी दिएकी थिइन् ।

तीन दिन हिरासतमा रहेकी प्रधानलाई छुटाउन शिक्षामन्त्री नै लागेपछि झनै चर्किएको यो घटनाको विरुद्धमा अफवाह फैलाएर समाचार लेख्ने ६ अनलाइन विरुद्ध रुपाले प्रेस काउन्सिलमा उजुरी दिएकी थिइन् । 

रुपाले आफुलाई जातिय द्धन्द फैलाउन युरोपियन युनियन (ईयू) बाट उचालिएकाृ जस्ता भ्रामक समाचार लेखेर जातीय भेदभाव र छुवाछूतलाई दुरुत्साहन गर्ने कार्य गरेको भन्दै सुनारले ९ वटा अनलाइन विरुद्ध उजुरी हालेकीमध्ये ६  वटा अनलाइन बन्द गराउन दुरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिलले पत्र पठाएको छ ।

खबरमाला डटकम, कालापानी पोस्ट,  मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम र साझा मिडिया डटकम अनलाइन बन्द गराउन दुरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिलले पत्र पठाएको हो । यी अनलाइनले सुनारलाई युरोपियन युनियन (ईयू) बाट डेढ करोड रुपियाँ खाएको लगायत लाञ्छना लगाएका थिए ।

सुनारले  आफ्नो चरित्र हत्याका साथै समग्र दलित समुदायविरुद्ध नै सामाजिक हिंसा भएको उल्लेख गर्दै  ती अनलाइन विरुद्ध प्रेस काउन्सिलका तर्फबाट कारबाहीका साथै साइबर अपराध कसुरअन्तर्गत कारबाहीका लागि सिफारिस गरिदिन पनि अनुरोध गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...