रुपा सुनारलाई प्रमुख पाँच विद्यार्थी संगठनको साथ : शिक्षा मन्त्रीलाई कारवाही गर्न माग

Student saport rupa sunar

काठमाडौं । असार १ गते कोठा भाडामा लिन जाँदा जातीय विभेदमा परेकी रुपा सुनारको न्यायको लागि चौतर्फी आवाज उठ्न थालेको छ । यही क्रममा प्रमुख पाँच विद्यार्थी संगठनले पनि रुपा सुनारले न्याय पाउनुपर्ने माग गरेका छन् ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंका नेताहरुको बैठकले रुपा सुनारमाथि भएको जातीय हिंसाको बचाउ गर्ने शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई कारवाही गर्न माग पनि गरेका छन् ।

नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष रन्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैटौंका अध्यक्ष विमल पाखरेलद्धारा जारी विज्ञप्तिमा मन्त्रीजस्तो पदको मर्यादा समेत ख्याल नगरी शिक्षामन्त्रीले संविधान र कानूनलाई चुनौति दिने गरी गरेको हर्कतको तिब्र विरोध गर्दै ती संगठनले दलित आन्दोलनप्रति ऐक्यबद्धता समेत जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...