खरिदारको दोस्रो चरणको परीक्षा १५ साउनपछि हुने

Lok sewa bilding

काठमाडौं । पछिल्लोपटक ०७८ को १ देखि १० वैशाखसम्मका लागि तय भएर अन्तिम समयमा स्थगित भएको खरिदारको दोस्रो चरणको परीक्षा १५ साउनपछि सञ्चालन हुने भएको छ ।

आयोगले ०७७ मा पनि दुई हजार पाँच सय १७ सिटका लागि विज्ञापन आह्वान गरेको थियो । त्यसमा कुनै पनि परीक्षा हुन सकेको छैन । जसमा सहसचिव, उपसचिव, शाखा अधिकृत, नायब सुब्बा र खरिदार तथा स्वास्थ्य सेवा समूहका ११औँ, नवौँ, आठौँ, सातौँ र पाँचौँ तहका पद छन् । यी विज्ञापनका परीक्षा पनि दसैँअघि नै सञ्चालन गर्ने तयारी भएको छ ।

त्यही वर्ष विज्ञापन भएका नायब सुब्बा र प्राविधिक अधिकृत तहको परीक्षा र अन्तर्वार्ता पनि सकिएको छ । त्यसको नतिजा पदाधिकारी नहुँदा रोकिएको थियो । त्यो नतिजा पनि चाँडो सार्वजनिक गर्ने तयारी आयोगले गर्दै छ ।

लोकसेवाका सचिव महेन्द्रप्रसाद गुरागाईंले बिहीबार नै अध्यक्ष रेग्मीलाई ब्रिफिङ गर्दै साउन पहिलो साताबाट अन्तर्वार्ता तथा १५ साउनबाट सबै तहका परीक्षा सञ्चालन गर्न सकिने कार्ययोजना पेस गरेका थिए ।

०७६ मा विज्ञापन भएका एक हजार पाँच सय ७८ पदका लागि ०७७ को विभिन्न मितिमा परीक्षा भयो । त्यसको नतिजा अझै आउन बाँकी छ । त्यसमा अधिकृतमा सात सय ७१, कम्प्युटर इन्जिनियरमा ३२, नायब सुब्बामा पाँच सय ४८, विभिन्न उपसमूहका इन्जिनियर एक सय ५५, नासुसरह कृषि र पशु समूहतर्फ ५३ र स्वास्थ्य समूहका विभिन्न पदमा १९ सिट छन् ।

न्याय, प्रशासन र व्यवस्थापिका–संसद् सेवाको संयुक्त र एकीकृत परीक्षा प्रणालीअन्तर्गत खरिदार पदको दोस्रो चरणको परीक्षा हुन बाँकी छ  । आयोगले ती परीक्षा १५ साउनपछि सञ्चालन गर्ने तयारी गरेको छ ।

‘अहिले निषेधाज्ञा पनि खुकुलो बनेको छ, अबको परिस्थिति कस्तो हुन्छ, सोहीअनुसार निर्णय हुन्छ,’ लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले भने, ‘पछिल्ला दुई वर्षका बाँकी काम दसैँअघि नै सक्छौँ ।’

निजामतीतर्फ राजपत्रअनंकित द्वितीय श्रेणी (प्राविधिक र अप्राविधिक) र स्वास्थ्य सेवाका चौथो तह, प्रहरीमा इन्स्पेक्टर, असइ र जवान (प्राविधिक), सशस्त्र प्रहरीमा जवान तथा राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायकको विज्ञापन गत फागुन–चैतमा आह्वान गर्ने कार्यतालिका थियो । तर, अब यी विज्ञापन दसैँपछि मात्र आह्वान हुनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...