आफ्नो चरित्र हत्या गर्ने ९ अनलाईविरुद्ध रुपाले दिइन् उजुरी

Rupa sunar

काठमाडौँ । सञ्चारकर्मी रुपा सुनारले आफ्नो चरित्र हत्या गर्ने अनलाइनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएकी छन् ।

विभिन्न जातजाति, धर्म, वा सम्प्रदायबीच सुसम्बन्धमा खलल पुर्याएको र आफ्नो चरित्र हत्या गरेर समग्र समुदायमाथि नै हिंसा गरेको भन्दै साइबर अपराधअन्तर्गत कारबाहीको  माग गर्दै प्रेस काउन्सिलमा उनले उजुरी दिएकी हुन् ।

काठमाडौँको बबरमहलमा कोठा खाज्ने क्रममा घरबेटीले जातीय विभेद गरेपछि न्याय माग्दा आफ्नो भ्रम फैलाउने ९ अनलाइनविरुद्ध उनले प्रेस काउन्सिलमा उजुरी दिएकी हुन् । ती अनाइनहरुले जातीय दुव्र्यवहारको विरुद्धमा उत्रिदा आफूमाथि कसैबाट परिचालन भएको बताउँदै भ्रामक समाचार लेखेको उनले बताएकी छन् ।

नेपाल पाना नामक अनलाइनले युरोपियन युनियनले जातिय द्धन्द भड्काउन डेढ करोड रुपैयाँ खाएको आरोप लगाएको छ । उनले नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया डटकम र नेपाल पहरा डटकमविरुद्ध प्रेस काउन्सिलमा लिखित रुपमा उजुरी दिएका छन् ।

 

प्रतिकृया दिनुहोस