मन्त्री श्रेष्ठलाई तत्काल बर्खास्त गर्न दलित मुक्ति मोर्चाको माग

Krishana gopal shrestha

काठमाडौँ । नेपाल दलित मुक्ति मोर्चाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । मन्त्री श्रेष्ठले सञ्चारकर्मी रुपा सुनारमाथि घरबेटी सरस्वती प्रधानले जातका आधारमा घर भाडामा नदिएको भन्दै प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकी प्रधानलाई जेलबाट छुटाउन मन्त्री श्रेष्ठ आफैं गाडी लिएर पुगेका थिए ।

मोर्चाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै छुवाछुत–विभेदको घटनाविरुद्ध न्यायका लागि गरेको उजुरीमाथि अनुसन्धान भइरहेका बेला मन्त्री श्रेष्ठले प्रहरी हिरासतमा रहेकी प्रधानलाई जबरजस्ती थुनामुक्त गरी आफ्नै गाडीमा लिएर गएको भन्दै तत्काल बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको हो ।

विज्ञप्तिमा मन्त्रीजस्तो व्यक्तिबाट अख्तियारको चरम दुरुपयोग गर्दै कानुन र न्यायको प्रक्रियामाथि निर्लज्ज हस्तक्षेप गरिएको भन्दै निन्दा एवम् भत्र्सनासमेत गरेको छ । ‘राज्यको जिम्मेवार मन्त्रीबाट नै संविधान र कानुनको धज्जी उडाउँदै छुवाछूत विभेदको संरक्षण गरेको कार्यले सिङ्गो दलित समुदायलाई अपमान गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, निज मन्त्रीलाई कारवाही स्वरुप पदबाट तत्काल बर्खास्त गर्न नेपाल सरकारका प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौं ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...