जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला दहन

Dalit aandolan 10

काठमाडौं । जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । साथै नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठन र दलित अधिकारकर्मीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला पनि दहन गरेका छन् ।

‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ लेखिएको ब्यानरसहित अधिकारकर्मीले प्रदर्शन माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । संरक्षित विभेदविरुद्ध आम प्रदर्शन तथा हस्ताक्षर अभियान नाम दिएर गरिएको प्रदर्शनमा ‘हाम्रो वर्ण, गोत्र अनि जातभन्दा माथि सबै अट्ने अलिकति ठाउँ खोजौं साथी’, जातिवादी राज्यसत्ता मूर्दावाद लगायतका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनका सहभागीहरुले सेतो कपडामा हस्ताक्षर गर्दै अभियान प्रति ऐक्यवद्धता जनाएका थिए । दलित भएकै कारण काठमाडौं महानगरपालिका–११ बबरमहलकी प्रधान थरकी एक महिलाले आफूलाई कोठा दिन अस्वीकार गरेको आरोप लगाउँदै रुपा सुनारले असार ३ गते जाहेरी दिएकी थिइन् ।

रुपाको जाहेरीको आधारमा घरबेटी असार ६ गते पक्राउ परेकी थिइन् । पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई छुटाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ स्वयं बुधबार महानगरीय प्रहरी वृत्त सिंहदरवार परिसरमा पुगेपछि मन्त्री श्रेष्ठको चर्को आलोचना सुरु भएको छ ।

मन्त्री श्रेष्ठकै अगुवाईमा छुवाछूत गर्ने सरस्वती प्रधानलाई कारवाही गर्नुपर्नेमा छुटाएर कानुनको धज्जी उडाएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...