प्रदेश २ लोक सेवाद्वारा अधिकृत नवौँ तहको विज्ञापन आह्वान

Pradesh 2 loksewwa ayog

जनकपुरधाम । प्रदेश नम्बर २ को लोक सेवा आयोगले विज्ञापन खोल्न सुरुवात गरेको छ । आयोगले प्रदेश निजामती सेवाका अधिकृत नवौँ तह–अप्राविधिक–प्राविधिक) पदको खुला समावेशी र अन्तर सेवा प्रतियोगितात्मक लिखित परीक्षाका लागि विज्ञापन आह्वान गरेको हो ।

आयोगले प्रशासन, इन्जिनियरिङ र स्वास्थ्य सेवाका ३० पदको लागि विज्ञापन गरेको छ । आवेदन दिने मिति असार १६ गते सम्म तोकिएको छ । दोब्बर दस्तुर तिरेर असार २३ सम्म आवेदन दिन सकिने छ ।

उमेर २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ । इन्जिनियर र कृषि सेवाका लागि भने ४० वर्ष ननाघेको हुनु पर्ने छ । निजामती सेवामा बहालवाला कर्मचारीको हकमा भने उमेरको हद लाग्ने छैन । परीक्षा केन्द्र जनकपुरधाम तोकिएको छ । परीक्षाको मिति भने पछि प्रकाशित गरिने भनिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...