होटल मेरियटमा खुल्यो ओली–नेपालको वार्ताको ढोका, मुस्कानले सुक्ला त कारवाहीको मसी ?

Kp oli madhav nepal vet

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । भेटवार्ता सकेर दुवै नेता मेरियट होटलबाट बाहिरिएका छन् ।

नेताहरुका अनुसार यो भेट पूर्वनिर्धारित भने थिएन । बुधबार आकस्मिक रुपमा तय भएको हो ।पार्टी विभाजनमै मुखमा पुगेको बेला भएको यो भेटले विभाजन रोक्ने संकेत दिएको छ । नेताहरुका अनुसार बुधबार दुई नेताबीच भएको वार्ताले सम्वादको ढोका खोल्छ वा खोल्दैन हेर्न बाँकी नै छ ।

चैत २ गतेपछि ओली र नेपालबीच पहिलो पटक होटल मेरियटमा छलफल भएको हो । सरकारको नेतृत्व गरिरहेको एमालेभित्रको विवाद उत्कर्षमा पुगेको बेला ओली र नेपालबीच भेट भएको हो ।

दुई नेताबीचको भेटमा पार्टीको विवादबारे छलफल भएको बताइएको छ । दुई नेता बीचको भेटअघि प्रधानमन्त्री ओली र नेता योगेश भट्टराईबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो ।

भेटवार्ता सकेर बाहिरिने क्रममा नेता नेपालले केही प्रतिक्रिया दिन चाहेनन् । ओली र नेपालबीच दुई घण्टा वान टु वान भेट वार्ता भएको थियो । यद्यपि दुवै नेताको अनुहार बाहिर निस्कने क्रममा प्रफुल्ल देखिन्थ्यो ।

पार्टीका अध्यक्ष रहेका ओलीले माधव नेपालसहित ४ जना नेतालाई कारबाही गरेका छन् । ओलीको कारबाही पछि खनाल–नेपाल पक्षले भने सबै तहमा समानान्तर कमिटी गठन गरेको छ ।

यसअघि २ चैतमा ओली र नेपालसहित दुबै पक्षका नेताहरुबीच पार्टी कार्यालय धुम्बाराहीमा वार्ता भएको थियो । २८ फागुनमा आफ्नो पक्ष मात्र बसेर गरेको निर्णय खारेज गर्नुपर्ने नेपाल पक्षको माग अध्यक्ष ओलीले अस्वीकार गरे ।

त्यसयता दुई समूहबीच सम्वाद भएको छैन । बरु नेपाल समूहले देशभर समानान्तर कमिटी बनाइरहेको छ भने ओली पक्षले वरिष्ठ नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिना पार्टी सदस्यबाट निलम्बन गरेको छ ।

हालै मात्र नेपाल समूहका चार प्रदेशसभा सदस्यले कर्णालीमा फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्रीलाई जोगाइदिएपछि संस्थापन पक्षले थप कारबाही थालेको छ ।

मंगलबार मात्र २७ सांसदलाई सांसद पदबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधेका छन् । र, नेताहरुले दिने स्पष्टीकरणका आधारमा १० गते बस्ने महाधिवेशन आयोजक समितिको बैठकले निर्णय गर्ने भनिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...