जस्तोसुकै अवस्था आए पनि एमालेभित्रै बसेर संघर्ष गर्ने अर्याल होटलबाट आयो यस्तो सन्देश

Nepal khanal samuha

काठमाडौं । नेकपा एमालेको ओली समुहले अर्का नेता माधवकुमार नेपाल समूहका २७ जना सांसदलाई स्पष्टीकरण सोधेपछि नयाँ तरंग ल्याएको छ । यद्यपि नेपाल समुहले भने जस्तोसुकै अवस्था आए पनि एमालेभित्रै बसेर संघर्ष गर्ने निष्कर्ष निकालेको छ ।

बानेश्वरको अर्याल होटलमा बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण दिने तर पार्टी नफुटाउने निष्कर्ष निकालेको छ ।

करिब एक महिनाअघि माधवकुमार नेपालसहित एमालेका खनाल–नेपाल पक्षका केही प्रभावशाली नेतामाथि पार्टी अध्यक्षको हैसियतले निलम्बनको कारवाही गरेका केपी शर्मा ओलीले अब संसदीय दलका नेताका हैसियतले थप सांसदहरुमाथि कारवाहीको डण्डा चलाउने संकेत गरेका छन् ।

तर, प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्पष्टीकरण सोधेपछि नेपालले बैठक बोलाएर ओलीले सोधेका सबै प्रश्नको जवाफ दिँदा कुनै सांसदहरुले पार्टी हित विपरित काम नगरेको तर पार्टी फुटाएर नजाने निष्कर्ष निकालेको हो ।

कर्णाली प्रदेश प्रकरणले खनाल–नेपाल पक्षबाट निर्णायक अवस्थामा ‘धोका’ पाउने देखिसकेपछि ओलीले प्रतिनिधिसभाको अंकगणितमा सो पक्षलाई सामेल गरेर अर्को धोकाको प्रतीक्षा नगर्ने रणनीति बनाएका हुन् । त्यसैले प्रधानमन्त्रीले खनाल–नेपाल पक्षका २७ संघीय सांसदसँग स्पष्टीकरण सोधेका छन् ।

पत्रमा अरु नेताहरुलाई भन्दा माधव नेपालमाथि थप ‘चार्ज’ लगाइएको छ । अध्यक्ष ओलीले संघ र प्रदेशका गरी ३२ जनालाई मंगलबार छुट्टाछुट्टै पत्र पठाउँदै स्पष्टीकरण सोधेका हुन् ।

ओलीले वरिष्ठ नेता नेपाललाई सोधेको स्पष्टीकरणमा कर्णाली प्रदेशका प्रदेश सांसदहरुलाई उचालेको, भड्काएको र पार्टी अनुशासनहीन गतिविधि गर्न लगाएको आरोप लगाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...