राप्रपाको महाधिवेशन जेठ २२ देखि २५ गतेसम्म काठमाडौँमा हुने

Raprapa

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय महाधिवेशन आगामी जेठ २२ देखि २५ गतेसम्म काठमाडौँमा गर्नेभएको छ ।

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले जिल्ला तहसम्मको अधिवेशन यही वैशाख मसान्त र प्रदेश कार्य समितिको निर्वाचन आगामी जेठ ७ गतेसम्म गर्ने निर्णय गरेको हो ।

अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीको उपस्थितिमा बसेको बैठकले महाधिबेशन प्रतिनिधि निर्वाचन पनि जेठ १० गतेसम्म गरिसक्ने निर्णय गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राप्रपाले सक्रिय सदस्यता वितरण गर्ने म्याद भने अन्तिम पटकका लागि वैशाख मसान्तसम्म थप गर्ने निर्णय गरेको जानकारी दिइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...